• एकैदिन ८८४ जनामा संक्रमण, १२ को मृत्यु


    २०७७ भाद्र १३ गते
    भरतपुर/पछिल्लो समय मुलुकमा कोरोना संक्रमण र मृत्युदर वढ्न थालेको छ । शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २÷२ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एक÷एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
    देशभरका प्रयोगशालामा ११ हजार ५१६ नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । हालसम्म २० हजार ५५५ जना कोरोनामुक्त भएका छन् भने हाल मुलुकमा १६ हजार ५७८ संक्रिय संक्रमित छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt