• कोरोना बीमामा आकर्षण वढ्यो


    २०७७ भाद्र १४
    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को बीमामा पछिल्लो समय आकर्षण वढेको छ । कोरोना संक्रमण वढेसंगै कोरोना विमामा आम नागरिकको आकर्षण वढेको हो । यो संगै कोरोना बीमा गराउनेको संख्या १० लाख नाघेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको अनुसार आगामी दिनमा यो क्रम झनै वढ्ने भएको छ । समितिका अनुसार बीमा पुल मार्फत आठ लाख ३४ हजार ९ सय ३३ जनाको कोरोना बीमा भएको छ । उता बीमा संस्थानबाट सरकारी कर्मचारीहरुको बीमा हुने गरेको छ ।
    तथ्यांक अनुसार संस्थानबाट करिब २ लाखको बीमा गरिएको छ । यी दुवैतिरको जोड्दा विमितको संख्या १० लाख नाघेको हो । अन्य बीमा कम्पनीहरुबाट गरिएको बीमाबाट ४६ करोड ९८ लाख ७९ हजार १ सय ८२ रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । संस्थानबाट गर्नेहरुको १६ करोड रुपैयाँ हुन आउछ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरुको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो ।
    यस अवधीमा ५ सय ९९ जनाले दावी भुक्तानी लिएका छन् । ५९९ जनाको साढे ५ करोड रुपैयाँ दावी भुक्तानी भएको समितिले जनाएको छ । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt