• निषेधाज्ञाको विकल्प खोज्न निजी क्षेत्रको माग


    २०७७ भाद्र १४
    भरतपुर/जिल्लामा जारी निषेधाज्ञाको विकल्प खोज्न चितवनका निजी क्षेत्रका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । निषेधाज्ञासहितको लकडाउन मात्र कोरोना संक्रमण नियन्त्रणको विकल्प नभएको भन्दै जिल्लाका व्यवसायीहरुले लकडाउनको कारण जिल्लाको आर्थिक गतिविधि अवरुद्ध भइ रोगले भन्दा पनि भोकले असामान्य स्थिती देखापर्ने निजी क्षेत्रको ठहर छ । निषेधाज्ञाको वैकल्पिक उपाय अपनाएर आर्थिक गतिविधि चलायामान वनाउन उनिहरुको माग छ ।


    पूर्ण स्वास्थ्य सावधानीको साथ उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतिनिधि सभा सदसइ कृष्णभक्त पोखरेलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सुझाव पत्र बुझाएका हुन् । कोरोनाको स्वास्थ्यजन्य जोखिम आगामी २ वर्षसम्म रहन सक्ने र लकडाउनको विकल्पमा स्व सतर्कताका र साबधानीका साथ दैनिकीलाई सरलीकृत गरी अघि बढ्नु पर्ने विश्व स्वास्थ्य संगठन र विज्ञहरुले सुझाव दिएको सुझावपत्रमा उल्लेख छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt