• आइसोलेसन निर्माणमा आरआरएनको सहयोग

    २०७७ भाद्र १४

    माडी/कोभिड १९को संक्रमण नियन्त्रण गर्न माडीमा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । आइसोलेसन निर्माणमा नेपाल ग्रामिण पुननिर्माण सस्था (आरआरएन) ले सहयोग गरेको छ । माडी नगरपालिकाले निर्माण गरेको उक्त आइसोलेसनमा आवश्यक पर्ने बेडजन्य र स्वास्थ्य सामाग्रीहरु आरआरएनले सहयोग गरेको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को सहयोगी निकाय साप्ला नीर जापानद्वारा संचालित विपद् व्यवस्थापनका लागि एक नदी एक समुदाय परियोजना अन्तरगत उक्त सहयोग गरिएको परियोजना संयोजक रविन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

    कोभिड १९ को यस विषम परिस्थिति रोकथाम तथा नियन्त्रणका लागि माडी स्थित छरछरेमा नगरपालिकाद्वारा पहिला नै निर्माण सम्पन्न होमस्टेलाई आइसोलेसनको रुपमा विकास गरिएको हो । आरआरएनले २० बेडको आईसोलेसन सेन्टर निर्माणमा सहयोग गरेको हो । आइसोलेसनमा स्वास्थ्य सुरक्षामा आवश्यक पर्ने मास्क, स्यानिटाईजर, ग्लोब्स लगायतका सामाग्रीहरु समेत सहयोग गरिएको परियोजना संयोजक ठकुरीले जानकारी दिनुभयो । राहत तथा खाद्य सामग्री सहयोगमा यस अघि पनि परियोजनाले सहयोग गरेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt