विद्युतका कर्मचारीमा कोरोना


२०७७ भाद्र १५
भरतपुर/नेपाल विद्युत प्राधिकरण आम विद्युत उपभोग गर्ने ग्राहकहरु प्रत्यक्ष सम्पर्क हुने कार्यालय हो । विद्युत उपभोत्ताहरु महसुल वुझाउन जाने हुँदा त्यहा भिडभाड हुने गर्छ । सोहि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । एक जना प्राविधिकलाई कोरोना देखिएको जानकारी दिँदै केन्द्र प्रमुख इन्जिनियर सुरेशकुमार महतोले सबै कर्मचारी होम क्वारेन्टिनमा वसेको जानकारी दिनुभयो ।
कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि चितवनका सरकारी कार्यालयले केही समय सेवा दिन थालेका छन् । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको बताउनुभयो । कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्छ,उहाँले भन्नुभयो,घरमै बसौं अनलाइन मार्फत महशुल तिरौं ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार