• कोरोनाको कारण एकैदिन तीन जनाको ज्यान गयो


    २०७७ भाद्र १६
    भरतपुर/चितवनमा पछिल्लो समय कोरोनाको कारण ज्यान जानेको संख्या वढेको छ । कोरोना संक्रमण वढेसंगै कोरोना संक्रमणको कारण ज्यान गुमाउने मानिसको संख्यामा समेत बृद्धि भएको हो । चितवनमा सोमबार तीन जना मानिसको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएको हो ।
    भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् ।
    उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्युु भएको बताउनुभयो । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt