चार दिनपछि इच्छाकामनाको ताला खुल्यो


२०७७ भाद्र १७
मुग्लिन/तीन बुँदे सहमति पछि इच्छाकामना गाउँपालिका कार्यालयमा लगाईएको ताला खुलेको छ । वडा कार्यालयको केन्द्र विवादका कारण असन्तुष्ठ पक्षले गाउँपालिकामा लगाएको ताला चार दिन पछि बुधबार खुलेको हो । असन्तुष्ठ पक्षसहित गाउँपालिकामा बुधबार भएको सर्वपक्षीय भेलामा तीन वुँदे सहमति भएपछि ताला खुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
सर्वपक्षीय भेलामा वडा नं. ३ को केन्द्र विवाद टुङ्गयाउन १ महिना भित्र गाउँपालिकाको विशेष अधिवेशन बोलाउने, उक्त अधिवेशनमा वडा नं. ३ को केन्द्र तोक्नको लागि फिस्लिङ र चुम्लिङटार दुवै स्थानको प्रस्ताव पेश गर्ने र स्थायी वडा केन्द्र नतोकेसम्म हाललाई वडा कार्यालय अस्थायी रुपमा फिस्लिङबाटै सञ्चालन गर्ने सहमती भएको हो ।
विगत लामो समयदेखि इच्छाकामना गाउँपालिका वडा नं. ३ को वडा केन्द्र कहाँ रहने भन्ने विषयमा विवाद हुँदै आएको छ । विवाद कै बिच गाउँपालिकाले वडा कार्यालय आईतबार फिस्लिङमा सारे पछि विवादले उग्ररुप लिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार