• कोभिड अस्थायी अस्पतालमा मेडिकल समाग्री हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ चितवनले सामुदायिक प्राकृतिक चिकित्सालय, कोभिड १९ अस्थायी अस्पतालमा मेडिकल समाग्री हस्तानतरण गरेको छ । शुक्रबार एक कार्यक्रमका विच क्लवका सदस्य डा.कल्पना शर्मा ढकालको संयोजकत्व र राजेन्द्र लामिछानेको सह–संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।
    सो अवसरमा डिजिटल ब्लडप्रेसर सेट, पल्स अक्सिमिटर, जलनेत्र पोष्ट, पिपिई, डिजिटल थर्मोमिटर र सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष रोशन पियाले रोटरी क्लब अफ चितवनको गतिबिधि बारे प्रकाश पार्दै उपचार गरि निको हुनुभएका महानुभावहरुले अरु कोरोना संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन आफ्नो प्लाज्मा रक्तदानको माध्यमबाट दान गर्नुहुन समेत हार्दिक अनुरोध गर्नुभयो ।


    साथै डा. बिनोद पौडेलले यस चिकित्सालयमा सबै उपचारका बिधिहरु आयुर्वेदिक प्रकृयाको माध्यमबाट गरिएको र हाल सम्म ४८३ जना कोभिड बिरामी भर्ना भएकोमा ३५४ जना निको भई घर फर्कि सक्नुभएको र १२९ जना अझै पनि उपचारकै क्रममा रहनुभएको जानकारी दिनुभयो । त्यसै गरी सोहि अस्पतालबाट उपचार गरि निको हुनुभएका रोटरी क्लब अफ कावासोतीका संथापक अध्यक्ष भरत पोखरेलले उपचारको क्रममा रहनुभएका बिरामीहरुलाई आफ्नो मनोबल उच्च राख्न समेत प्रेरणा दिनुभयो । कार्यक्रममा क्लवका अध्यक्ष रोशन पिया, सह–सचिब गोपाल भट्टाराई, निर्देशक ई. पुरन सुबेदी, सह–सर्जेन्ट एट आम्र्स जनक कुमार ढकाल, सदस्य राजन पिया, मनेज बर्नवाल, राजेन्द्र लामिछानेलगायतको उपस्थिती रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt