• हंस सहकारीद्धारा खाद्यान्न सहयोग


    भरतपुर/नारायणगढ स्थित हंस बहुउदेश्यीय सहकारी संस्था लि.ले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । नारायणगढ तथा आसपासका क्षेत्रमा कोभिड १९ का कारण दैनिक खानाको समस्यामा परेका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो ।
    केन्द्रको सामाजिक कार्यलाई सहयोग पु¥याउने उदेश्यले हंस बहुउदेश्यीय सहकारी संस्था लि. को तर्फबाट ५ वोरा चामल र २१ पोका नुन वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्र, चितवनकी संयोजक सिता कुँवरलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्था लि.का लेखा समिति सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल, सहकारीका व्यवस्थापक श्यामबन्धु पोखरेल तथा सहकारीका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt