चितवनमा थपिए ३६ जनामा कोरोना संक्रमित


भरतपुर/चितवनमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका भध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार