• पुरस्कारको रकम मगर संसार कोषलाई


    भरतपुर/काभ्रेको रोशी गाउँपालिका ९ निवासी एकजना स्वास्थ्यकर्मीले पुरस्कार वापत प्रप्ता रकम समाजिक सस्थामा सहयोग गर्नु भएको छ । काभ्रेकै श्यामपाटी स्वास्थ्य चौकीमा कार्यरत प्रेरणा क्याप्छाकी मगरले कलेज टप गरेबापत पाएको पुरस्कार रकम मगर संसार राहत कोषलाई हस्तान्तरण गर्नुभएको छ । मगरले पृथ्वीनारायण क्याम्पस, पोखरामा एम.ए राजनीतिशास्त्र विषयमा कलेज टप गरेपछि प्राप्त पाँच हजार पुरस्कार रकम उक्त कोषलाई हस्तान्तरण गर्नु भएको हो ।
    क्याम्पसको ६० औ वार्षिकोत्सबको अवसरमा गत साल भदौ १७ गते प्राप्त पुरस्कार रकम सामाजीक उदेश्यले स्थापना गरिएको कोषमा जम्मा गर्न पाउँदा आफुलाई खुसीलागेको उहाँको भनाई छ । यता मगर संसार एडमिनले समेत सहयोगको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt