• आइतबार साँझबाट पालुङ्टार १० शिल


    पालुङ्टार/पालुङ्टार नगरपालिका वडा नं १० शिल गरिएको छ । पालुङ्टार १० का एक जना स्थानीयलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भए पछि उक्त वडा क्षेत्र शिल गरिएको हो । संक्रमण पुष्टि भएको व्यक्तिसंग धेरै मानिसहरु सम्पर्कमा आएको थाहा हुन आएको भन्दै संक्रमण फैलिन नदिने उदेश्यले वडा शिल गरिएको नगरपालिकाले जनाएको छ ।
    नगरपालिका कार्यालयले आइतबार एक सुचना जारी गर्दै वडा भित्र हुने थप संक्रमणको जोखिमलाई न्यूनिकरण गर्नको लागि आइतबार साँझ ६ बजेवाट लागु हुने गरि वडा शिल गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले हस्ताक्षर गर्नु भएको उक्त सुचनामा संक्रमित व्यक्तीको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ गरि पिसिआर रिपोर्ट नआउन्जेलसम्मको लागि वडा शिल गरिएको जानकारी दिइएको छ । साथै सुचनामा जो जहाँ हुनुहुन्छ सोहि स्थानमा रहन र आवत जावत नगर्न नगराउनुहुन वडावासीलाई सुचित गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt