भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे


भरतपुर/भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डा. राजन पाण्डे नियुक्त भएका छन् । कोरोना कहरकै विचमा अस्पतालको मेसु परिवर्तन भएका हुन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा. राजन पाण्डेलाई भरतपुर अस्पतालको मेसु नियुक्त गरेको हो ।
बुधवारको मन्त्रीस्तरीय निर्णयबाट पाण्डेलाई भरतपुर अस्पताल चितवनको प्रमुख मेसुको जिम्मेवारी तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिनुभयो ।
यसअघि पाण्डे भेरि अस्पतलका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन अधिकृत ११ औँ तहमा कार्यरत रहनुभएको थियो । पाण्डे भरतपुर अस्पतालको ४१ औँ मेसु बन्नु भएको छ । यसअघि डा. श्रीराम तिवारी भरतपुर अस्पतालको मेसु रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार