• लायन्स क्लव अफ नारायणी सेन्ट्रलले खाना खुवायो


    भरतपुर/लाइन्स क्लब अफ नारायणी सेन्ट्रलले एक कार्यक्रमको आयोजना गरि दुखी, असाहाय, पीडित तथा वटुवा हरूलाई एक छाक खाना खुवाएको छ । गैडाकोट १ नवलपुर स्थित भृकुटीचोकमा आयोजना गरेको उक्त खाना खुवाउने कार्यक्रममा करिव पचास जना लाभान्वित भएका थिए । कोरोना महामारीको संकटवाट प्रत्यक्ष रुपमा पीडित वर्गलाई लक्षीत गरि एक छाक भएपनी केहि राहत पु¥याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण लामाले जानकारी दिनुभयो ।
    कार्यक्रम संयोजक रमेश शर्माले आगामी दिनमा लाईन्स क्लब अफ नारायणी सेन्ट्रलले यस्ता दुःखी असाहाय वर्गलाई राहत पुग्ने प्रकृतिका कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्नुभयो । लायन्स क्लव अफ इन्टरनेशन ३२५ बि. टु नेपालका जि. एस. टि कोर्डिनेटर दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ’घर फर्क अभियान’ का डिस्ट्रिक डिमार्टमेन्ट चिफ डासी राम ढकाल, एरिया नं ३ का चिफ एरिया कोर्डिनेटर प्रभाकर पण्डित, जि .एस .टि सदस्य सुजन थापा क्षेत्री, क्लवका प्रथम उपाध्यक्ष राम प्रसाद शर्मा, द्वितीय उपाध्यक्ष अनन्त राज अधिकारी, सचिव लाल वहादुर भण्डारी तथा सदस्यहरु वालकृष्ण भुसाल र गोविन्द प्रसाद सापकोटाको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष कृष्ण लामाले गर्नु भएको थियो । क्लवले शुक्रवार नै गैडाकोट १ नवलपुरमा रहेको अपाङ्ग जिवन विकास संथामा आश्रीत करिव २० जना अपाङ्ग वालवालीका हरुलाई समेत १ दिनको खाजाको व्यवस्था गरेको थियो । /

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt