पुर्व विद्यार्थी समाज खैरहनी माबिको रक्तदान सम्पन्न


भरतपुर/पुर्व विद्यार्थी समाज खैरहनी माबिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरसको बढदो संक्रमण सगै चितवनमा केही हप्ता यता रगतको अभावलाई मध्यनजर गरेर रक्तदान गरिएको आयोजक संस्थाले जनाएको छ । पुर्व विद्यार्थी समाज खैरहनीका अध्यक्ष एवं अधिवक्ता कमलराज पाठको अध्यक्षता सम्पन्न कार्यक्रममा खैरहनी माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं समाजसेवी नबराज डल्लाकोटी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, जिल्ला रक्तसञ्चार केन्द्रका प्रतिनिधि, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवानेता स्वरुप सुयाल, स्थानीय युवा समाजसेवी अशोक ढकाल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम कोरोना महामारीको बखत पर्याप्त सामाजिक दुरि कायम गरेर एवं चितवनका प्रमुख जिल्ला अधिकारीले जारी गर्नु भएको रक्तदान मापदण्ड अनुसार कार्यक्रम गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार