• रोट्रयाक्टको आयोजनामा एक दिने तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न


    भरतपुर/रोट्रयाक्ट क्लब अफ कावासोती र रुद्रामती बबरमहल काठमाडौंको आयोजनामा तथा रोट्रयाक्ट क्लब अफ बुटवल, मनोहरा र नारायणी मिड टाउनको सहकार्यमा एक दिने तनाव व्यवस्थापन कार्यक्रम अनलाइन जुम एपको माध्यमबाट सम्पन्न भएको छ । आर्ट अफ लिभिङ नेपालका अन्तराष्ट्रिय योगा गुरु काब्य लम्सालले उक्त तनाव व्यवस्थापनबारे मानिसमा उत्पन्न भएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, मेडिटेसन तथा हाम्रो दीमागलाई अझ राम्रो काममा कसरी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनु भएको थियो ।
    लक डाउनको समयमा घरमा बसिरहेका मानिसहरुमा बिभिन्न किसिमको मानसिक समस्या उत्पन्न भइरहेको अबस्थालाई मध्यनजर गरेर यो सेमिनार गरिएको रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले बताउनु भयो । रोट्रयाक्ट क्लब अफ रुद्रमतीका सचिब सिम्रन ढकालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन रोट्रयाक्ट क्लब अफ कावासोतीका सामुदायीक सेवा निर्देशक बूलेट सिग्देलले गर्नु भएको थियो ।
    कार्यकममा नेपाल भरिको बिभिन्न रोट्रयाक्ट तथा नन रोट्रयाक्ट संस्थाबाट गरी करिब ९० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको अन्त्यमा रोट्रयाक्ट क्लब अफ रुद्रामति बबरमहल काठमाडौंका अध्यक्ष ऋषि राम कडरियाले धन्यवाद ज्ञापन गर्नु भएको रोट्रयाक्ट क्लब अफ कावासोतीका मीडिया कोर्डिनेटर धन राज थापा मगरले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt