• दियालो परिवारको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


    भरतपुर/खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा दियालो परिवार नारायणगढ र केयर नेपालको साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।


    खगेरी खोला उप–जलाधार संरक्षण समितिका पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि गराउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम दियालो परिवार नारायणगढका पुर्ग अध्यक्ष एवं सल्लाहकार सुरेश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    उक्त साझेदारी कार्यक्रममा खगेरी खोला उप–जलाधार संरक्षण समितिले नदी किनार संरक्षण, रिचार्ज पोखरी, वृक्षारोपण, जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रम गर्दै आएको दियालो परिवार नारायणगढका कार्यवाहक अध्यक्ष रसिक प्रधानले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt