होटल सञ्चालनको माग गर्दै सिडियोलाई ज्ञापनपत्र


भरतपुर/होटल व्यवसायी संघ चितवनले कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञको कारण वन्द अवस्थामा रहेका होटलहरु संचालन गर्न पाउनु पर्ने माग गरेको छ । लामो समयसम्म होटल तथा रेष्टुरेण्टहरु बन्द हुँदा व्यवसायीहरु मारमा परेको वताउँदै संघले आइतबार होटल व्यवसाय संचालनको माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाएको हो ।
घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । कोरोना (कोभिड १९) का कारण लागु गरिएको लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले बताउनुभयो । कतिपय घरधनिले त घर भाडमा छुट समेत नदिएको न्यौपानेले बताउनुभयो ।
होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु वरालले कोरोनाका कारण व्यवसाय सञ्चालन अन्योलमा रहेको भन्दै धेरै व्यवसायी पलायन हुने खतरा वढेको वताउनु भयो । ज्ञापनपत्र वुझाउने कार्यक्रममा महासंघका उपाध्यक्ष बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्नुभयो । संघका जिल्ला उपाध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले विस्तारै होटल तथा रेष्टुरेण्ट संचालन गर्ने कुरामा राज्यले ध्यान दिनुपर्ने वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार