• पाण्डेलाई स्वागत, तिवारीको विदाई


    भरतपुर/भरतपुर अस्पतालमा आइतबार स्वागत तथा विदाई कार्यक्रम संगै सम्पन्न भएको छ । अस्पताल परिषरमा अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेण्डेन्टको स्वागत एवं निवर्तमान मेडिकल सुपरिटेण्डेन्टको विदाई गरेको हो ।
    भरतपुर अस्पतालले आइतबार ४१ औ मेसु डा. राजन पाण्डेलाई स्वागत गरिएको हो भने ४० औ मेसु डा. श्रीराम तिवारीलाई बिदाई गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष डा. भोजराज अधिकारी सहित पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt