निषेधाज्ञाले पारेको असर बारे प्रमुख जिल्ला अधिकारीसंग मानव अधिकार सन्जालको छलफल

भरतपुर/कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाले मानव जीवनमा पारेको असरबारे आइतबार भरतपुरमा छलफल गरिएको छ । मानव अधिकार सन्जाल चितवनको टोलीले कोरोना संक्रमण र निषेधाज्ञाले देखिएको असरको वारेमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसंग छलफल गरेको हो ।
छलफल कार्यक्रमा सन्जालको तर्फबाट कोभिडको कारणवाट अन्य रोगका मानिसहरूले उपचार नपाएर मृत्युु हुन पुगेको, सरकारि कार्यलय, ब्यापार ब्यवसाय, बैंक वित्तीय सस्था, उद्योग सन्चालन गर्न दिने तर सेवाग्राहीलाई अनावश्यक सुरक्षाकर्मीहरुले अफ्ठ्यारो वनाएको, धानको उत्पादनको समयमा मलको अभाव भएको, सुरक्षाकर्मीले सुरक्षाका आवश्यक मापदण्ड पूरा नगरि चेक जाँच गरेको, केहि सरकारी कार्यलयमा सुरक्षाका उपायहरू प्रयोग नगरि सेवा दिएको, ईन्टरनेट प्रदायक सस्थाहरुले धेरै एमविपिएसको रकम लिएर कम पावरको क्षमता प्रवाह गरेको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको थियो ।
सो अवसरमा प्रजिअ भट्टराईले अस्पतालहरुको सेवा चुस्त वनाउन पहल गर्ने, सुरक्षाकर्मीहरुलाई सतर्क वनाउदै सुरक्षाका उपायहरु प्रयोग गर्न लगाउने, सरकारी कार्यलयमा सुरक्षाका उपाय प्रयोग गरि सेवा दिन लगाउने, ईन्टरनेट प्रदायक सस्थाको विषयमा निगरानी वढाउने, मलको अभाव हुन नदिन पहल गर्ने जानकारी गराउनु भएको थियो । कार्यक्रममा सन्जालका संयोजक राजेन्द्र पौडेल, सचिव दिपक लामिछाने, निवर्तमान सयोजक विनोदखण्ड तिमिल्सिना, पुर्व सयोजक विश्वनाथ ओझा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव वावुहरि आचार्य, इन्सेक चितवनका प्रमुख दिपेन्द्र अधिकारी, कल्पना उप्रेती एव जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार