• असोज १ गतेबाट होटल तथा रेष्टुरेण्ट पनि खुल्ने


    काठमाडौं/सरकारले अन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।
    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सावधानी अपनाएर होटल तथा रेष्टुरेण्ट संचालन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
    व्यवसाय संचालन गर्दा मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने समेत मापदण्डमा व्यवस्था गरिएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt