• साधारणसभाको तयारी गर्न सहकारी विभागको निर्देशन


    काठमाडौं/सहकारी विभागले सहकारीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन गरेको छ । उक्त निर्देशन संगै सहकारी संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । बिहीबार सहकारी विभागले एक सूचना जारी गर्दै समयमै साधारणसभा गर्ने गरि तयारी थाल्न भएको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ ।
    सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
    तर कोरोना माहामारीमा सरकारले भिडभाड नगर्न भनिरहेकै बेला विभागले साधारण सभाको तयारी समयमै गर्न सहकारी संस्थालाई भनेको छ । यद्यपि, साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने छ । साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt