• रत्ननगरका नगर प्रमुखलाई कोरोना पुष्टि


    भरतपुर/पुर्वी चितवनको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।
    नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt