• वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/नारायणगढ स्थित वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट संचालित वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा विशेष अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै विशेष अतिथी शर्माले वालकुमारी कलेजमा एम.वि.ए. ईन फाइनान्सीयल म्यानेजमेन्ट कार्यक्रम स्वीकृतिको अन्तिम चरणमा रहेको वताउनु भयो ।


    साथै शर्माले कलेजले गुणस्तरीय शिक्षा र अनुसन्धानको क्षेत्रमा गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्नुभयो । यसैगरी विशेष अतिथी शर्माले कलेजले प्रगति हासिल गर्दै गएमा भविश्यमा बालकुमारी कलेज स्वायत्त विश्व विद्यालयको रुपमा स्थापित हुने सम्भावना रहेको वताउँदै शुभकामना व्यक्त गर्नुभयो । बालकुमारी कलेज संचालक समितिका अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका प्रिन्सिपल जगदिश्वर खनालले कलेजको वार्षिक शैक्षिक एवं प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो ।
    कार्यक्रममा वालकुमारी कलेजका सहायक प्रिन्सिपल वालानाथ सिग्देल, प्राध्यापक संघका सभापति अनन्त ढुंगाना, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं बालकुमारी कलेज संचालक समितिका पदेन सदस्य राजु श्रेष्ठलगायत दुई सय जना भन्दा वढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । बालकुमारी कलेजका सहायक प्रिन्सिपल डा. गुणराज क्षेत्रीले संचालन गर्नु भएको उक्त कार्यक्रममा फेसवुक लाईभ मार्फत हजारौ विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt