• कालिका मिडियाले वार्षिकोत्सव मनाउने


    भरतपुर/कालिका मिडियाले कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा मनाउने भएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । पूर्व मन्त्री एंव कालिका गु्रपका अध्यक्ष विक्रम पाण्डेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभयो । कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो ।
    विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम भर्चुअलबाट गरिने भएको हो । यसपाली १२ वटा विविध कार्यक्रम हुदैछन् । असोज ८ देवघाटस्थित वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाना खुवाउँदै आर्शिवाद लिएर वार्षिकोत्सवका कार्यक्रम सुरु गरिने विज्ञप्तिमा जनाइएको छ ।
    असोज ८ देखि २५ गतेसम्म फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सञ्चालन हुनेछ । ९ गते ‘कृषिमा आधुनिकरण र अवसर’, १० गते अपांगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी चलाइने छ ।
    एसिड आक्रमण रोकथामका लागि आएका सुझाव र छलफलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरिने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयोे । १६ गते कालिकासँगका यादहरु, १७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया, २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुने जनाइएको छ । असोज २६ गते वार्षिकोत्सव समापन कार्यक्रम हुनेछ । प्रतियोगिताका विजेतालाई वार्षिकोत्सव समापनका दिनमा पुरस्कृत गरिनेछ । कालिका मिडिया अन्र्तगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ मेगाहर्ज २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखिनै कालिका न्यूज डटकम सञ्चालनमा छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt