• अधिकांश क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


    काठमाडौं/नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।
    मौषम सक्रिय भएसंगै देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
    हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिम तर्फ सर्ने क्रममा २५ सेप्टेम्बरसम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt