• कोरोना संक्रमण फैलन नदिन भरतपुर विमानस्थलमा उच्च सतर्कता


    सन्तोष देवकोटा
    भरतपुर/विश्वव्यापी फैलिएको कोरोना संक्रमणको कारण लामो समय बन्द भई हालै मात्र पुन संचालनमा आएको भरतपुर विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । यहि असोज ५ गतेबाट पुनः सुचारु भएको भएको भरतपुर विमानस्थलमा कोरोना संक्रमण फैलिन नदिने उदेश्यले स्वास्थ्य परिक्षणमा सतर्कता अपनाईएको हो । भरतपुर विमानस्थल परिसरमा हेल्थ डेस्क नै स्थापना गरेर हरेक यात्रुको स्वास्थ्य परिक्षण गरिएको छ ।
    झण्डै ६ महिना पछि सरकारले आन्तरिक उडान सुचारु गरेसंगै भरतपुर विमानस्थलमा पनि व्यवसायिक उडान सुरु भए पछि यात्रुहरुलाई सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिएको छ । विमानस्थल प्रशासनले यात्रुहरुलाई मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरि सामाजिक तथा भौतिक दुरी कायम गर्न अनिवार्य गरेको छ ।
    व्यवसायिक उडान सुरु भएपछि कोरोना संक्रमणको जोखिम वढ्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्यको हिसावले उच्च सतर्कता अपनाइएको भरतपुर विमानस्थलका विमानस्थल प्रमुख योगेन्द्र कुवँरले जानकारी दिनुभयो । भरतपुर विमानस्थल हुँदै हवाई यात्रा गर्ने सम्पुर्ण यात्रुहरुको रेकड राखी ज्वरो जाँच गरेर मात्र विमानमा प्रवेश गर्ने व्यवस्था गरिएको जानकारी दिँदै विमानस्थल प्रमुख कुवँरले हेल्थ डेस्कमा ज्वरोको औषधि समेत व्यवस्था गरिएको वताउनु भयो ।
    हेल्थ डेस्कको अलावा भरतपुर विमानस्थल परिषरमा आइसोलेसनको समेत व्यवस्था गरिएको वताउँदै उहाले स्वास्थ्य जाँच गर्दा संकास्पदलाई उपचारको लागि आवश्यक समन्वय गरिने जानकारी दिनुभयो । भरतपुर विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा पटिहानी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव इश्वर लम्साल र शहिद गणेश स्वास्थ्य चौकी गीतानगरमा कार्यरत हेल्थ असिष्टेन्ट सरिता तिवारीले यात्रुको स्वास्थ्य जाँच गरि रहनु भएको छ ।
    पछिल्लो समय हेल्थ डेस्कमा कार्यरत लम्सालले असोज ५ गते ३३ जना, ६ गते ६५ जना र ७ गते ७० जना यात्रुको स्वास्थ्य जाँच गरिएको जानकारी दिनुभयो । स्वास्थ्य जाँचको क्रममा वुधबारसम्म सवै यात्रुको स्वास्थ्य अवस्था सामान्य पाईएको उहाले वताउनु भयो । सरकारले आन्तरिक उडान संचालन गर्ने निर्णय गरेसंगै भरतपुर विमानस्थलबाट काठमाण्डौंको लागि नियमित उडान सुचारु भएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt