• नारायणीको सतह वढ्यो, सतर्क रहन महानगरको अनुरोध


    भरतपुर/विगत तिन दिन देखिको नियमित वर्षाले नारायणी नदिमा पानीको सतह वढेको छ । नदिमा पानीको बहाव उच्च रहेको जानकारी दिँदै भरतपुर महानगरपालिकाले आम नगरवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बिहीबार सामाजिक संजालमा सुचना पोष्ट गरि सतर्कताको अनुरोध गर्नु भएको हो ।


    बिहीबार विहान ५ बजे देखी नारायणगढ स्टेसनमा नारायणी नदीको सतह खतरा भन्दा माथी र बढ्दो अवस्थामा रहेको जानकारी दिँदै जोशीले विशेष गरि तटीयक्षेत्रमा अति उच्च सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीले नारायणी नदीको पानीको सतह ११ दशमलव ३ रहेको जानकारी दिनुभयो । नारायणी नदीको पानीको सतह ११ भन्दा माथिलाई खतराको रुपमा लिइन्छ । साथै जोशीले पहाडी क्षेत्रमा पहिरोले नोक्सान पार्न सक्ने हुनाले पहाडी क्षेत्रमा वसोवास गर्ने महानगरवासीलाई समेत सतर्क रहन अनुरोध गर्नु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt