पर्यटन दिवसमा साईकल र्याली


सन्तोष देवकोटा
भरतपुर/चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि विश्व पर्यटन दिवस २०७७ मनाईएको छ । सोहि क्रममा आइतबार उद्योग वाणिज्य संघ चितवन र चितवन साईकल राइडर्स क्लवको आयोजनामा साईकल र्याली सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले र्यालीको उद्घाटन गर्नु भएको हो ।
साईकल यात्रा पनि पर्यटनको एउटा पाटो भएको र सफा एवं सुन्दर सहर निर्माणमा साईकलको महत्व झल्काउन साईकल र्याली आयोजना गरिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । उद्योग वाणिज्य संघ परिषरवाट सुरु भएको उक्त साईकल र्याली पोखरावसपार्क, जखडीमाई, राइनो ताल, टिकौली, विसहजारी ताल, वाटुली पोखरी, हात्तीसार हुँदै छितामाई पुगेको थियो ।
सोहि अवसरमा छितामाई साईकल पर्यटन गन्तव्यको समेत उद्घाटन गरिएको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोरोनाले गर्दा मुलुकको अर्थतन्त्र तहसनहस बनेको वताउँदै पर्यापर्यटनको माध्यमबाट नेपालको पर्यटन क्षेत्रमा सुधार ल्याउन सकिने वताउनु भयो ।
चितवनलाई देशकै दोस्रो पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले साईकलले शारीरिक, मानसिक स्वास्थ्यमा मात्र नभई इन्धन वचत, र वातावरण संरक्षणमा समेत टेवा पुग्ने वताउनु भयो । साईकल व्यवसायी संघ चितवन–नवलपुरका पुर्व अध्यक्ष एवं साईकल राईडर्स क्लवका सचिव धर्मराज सापकोटाले संचालन गर्नु भएको साईकल र्याली उद्घाटन कार्यक्रमा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडाल, चिरञ्जीवि सुवेदी, कार्यसमिति सदस्य एवं पर्यटन समितिका संयोजक अशोक अधिकारी, चितवन साईकल राइडर्स क्लवका अध्यक्ष नवीन खरेललगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार