• चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल


    भरतपुर/चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ । संघको गभर्निङ काउन्सिलको मंगलबारको बैठकले संघको बरिष्ठ उपाध्यक्षको लागि सिफारिस गरे बमोजिम संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको विशेष बैठकले संघका उपाध्यक्ष एवं सरकारी एवं गैह्र सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।
    चितवन उद्योग संघको बिधानको दफा २४ (२) अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुले संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ ।
    २०६४ सालमा कार्यसमिति सदस्य हुँदै २०६७ मा संघको महासचिव, २०७२ मा प्रथम उपाध्यक्ष हुँदै हाल उपाध्यक्ष रहनुभएका कँडेललाई संघको पदाधिकारी एवं कार्यसमितिको बैठकले बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । कँडेल सन्तुलित फिड इण्डष्ट्रिज प्रा.लि., चितवन टे« एण्ड प्याकेजिङ ई.प्रा.लि., अष्ट्रसिद्धि पोल्ट्री फर्म लगायतका उद्योगका सञ्चालक हुनुहुन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt