• डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन हुने


    भरतपुर/स्वास्थ्य क्षेत्रमा सुधारको काग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितवनमा शान्तिपुर्ण प्रदर्शन हुने भएको छ । सचेत नागरिक समाज चितवनको आह्वानमा सोमबार भरतपुर स्थित चौविसकोठीमा विहान साढे सात वजे शान्तिपूर्ण प्रदर्शन हुने भएको हो ।
    अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेकोले जीवनको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरिएको समाजका सदस्य एवं अभियान्ता परमेश्वर खनालले जानकारी दिनुभयो । उनको अभियानमा ऐक्यवद्धता जनाउदै कार्यक्रममा सहभागी हुन समाजले सम्पूर्ण चितवनबासीलाई आह्वान गरेको छ ।
    चिकित्सा शिक्षा सुधारको माग राख्दै केसीले १९ औं पटकको अनसन शुरु गरेको २१ दिन भइसकेको छ । विभिन्न ६ बुँदे माग राख्दै केसीले भाद्र २९ गतेदेखि जुम्लाबाट १९ औं पटकको सत्याग्रह शुरु गरेका थिए । उनलाई असोज ६ गते जुम्लाबाट काठमाडौं लगिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt