उपकुलपति रेग्मीलाई स्वागत एवं बधाई


भरतपुर/चितवनको एक महत्वपुर्ण अग्रणी साहित्यीक सस्था साहित्य संगम चितवनले आइतबार एक कार्यक्रमको आयोजना गरि कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनका नवनियुक्त उप कुलपति प्रा.डा.पुण्य प्रसाद रेग्मीलाई स्वागत एवं सम्मान गरेको छ । साहित्य संगम चितवनको टिमले साहित्य संगम चितवनका १६ जना संस्थापक सदस्यहरू मध्येका एक कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर चितवनका उप कुलपति रेग्मीलाइ उहांकै कार्यकक्षमा पुगेर स्वागत एवं सम्मान व्यक्त गरेको हो ।
उक्त भेटघाट कार्यक्रममा संगमका तर्फवाट बधाई तथा शुभकामना पत्र समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा साहित्य संगम चितवनका निवर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य द्वारिका नेपाल, संगमका संस्थापक सदस्य तथा वर्तमान कार्य समिति सदस्य रामहरि श्रेष्ठ, संगमका अध्यक्ष तथा संस्थापक सदस्य प्रकाश चापागाई, संगमका पुर्व अध्यक्ष तथा संस्थापक सदस्य इन्द्र रेग्मी, र वर्तमान कार्यसमिति सदस्य डा. धनेश्वर भट्टराई लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार