• चितवन रोटरीको न्यानो कपडा सहयोग


    भरतपुर/नजिकिदै गरेको चाडवाड र जाडो मौसमलाई मध्यनजर गर्दै रोटरी क्लव अफ चितचवनले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग गरेको छ । रोटरी क्लव अफ चितवनको तर्फबाट अध्यक्ष रोशन पियाले दसैंको लागि चितवन मानव सेवा आश्रमा आश्रीत ४६ जना बुबा आमा तथा बच्चाहरूको लागि न्यानो कपडा वितरण गर्नुभएको हो ।


    उक्त कार्यक्रममा क्लका पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौं, निर्वाचित अध्यक्ष होम बहादुर बस्नेत, कोसर्जेँट आर्म जनक ढकल मानव सेवा आश्रमको तर्फबाट सचिव देवी अचार्य लगायतको उपस्थिती रहेको थियो । रोटरी क्लव अफ चितवनले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । सो अवसरमा क्लवका अध्यक्ष रोशन पियाले चितवन मानव सेवा आश्रमको लागि क्लवको क्रियसन नामको स्मारिकासमेत हस्तान्तरण गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt