उवासंघ चितवनद्धारा अनुसा कृषि फार्मको अनुगमन, क्षतिपुर्तीको लागि संवन्धित निकायको ध्यानाकर्षण


भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पदाधिकारीको टोलीले शुक्रबार अनुसा कृषि फर्मको अनुगमन गरेको छ । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले अनुसा कृषि फर्ममा पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा एच नाइन भाइरसका कारण मरेपछि संघले उक्त फर्मको अनुगमन गरेको हो ।
संघको सदस्य सस्थासमेत रहेको उक्त कृषि फर्म अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पदाधिकारी संलग्न टोलीले अनुगमन निरिक्षण गरेको थियो । सो कार्यक्रममा संघका उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चिरन्जीवि सुवेदीलगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा दुई करोड रुपैयाँ भन्दा वढिको क्षति भएको पाईएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनु भयो । निरिक्षणको क्रममा अध्यक्ष श्रेष्ठले कुखुरा मरेका घटना प्रति दुःख व्यक्त गर्दै अध्यायन गरि राहत एवं क्षतिपुर्ति उपलव्ध गराउन संवन्धित निकाय समक्ष माग गर्नु भयो ।
कुखुरामा देखिएको एच नाइन भाइरस पनि कोरोना जस्तै महामारीको रुपमा फैलिन सक्ने वताउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा रोग फैलन नदिन यसको नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको वताउनु भयो । उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले सदस्य फर्म भएको नाताले संघले पनि अनुसा कृषि फर्मलाई सहानुभूतीमुलक सहयोग गर्ने जानकारी गराउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार