• यो वर्ष नयाँ नोट नपाईने


    काठमाडौं/विगतका वर्षहरुको दशैमा जस्तो यस वर्ष नयाँ नोट नपाईने भएको छ । विशेष गरि नेपालीहरुको मुख्य चाड दशैलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको थियो । तर यो वर्ष कोरोना संक्रमणको कारण दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
    दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt