• होटल व्यवसायी संघ चितवनको अध्यक्षमा श्रेष्ठ


    भरतपुर/कोरोना भाइरसको कारण सवैभन्दा वढि प्रभावित क्षेत्रको रुपमा लिइएको होटल व्यवसायको छाता सस्था होटल व्यवसायी संघ चितवनको २५औँ साधारणसभा तथा १२ औँ अधिवेशन सोमबार नारायणगढमा सम्पन्न भएको छ । सरकारले घोषणा गरेको स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पुर्ण रुपमा पालना गरि उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनले संघको नयाँ कार्य समिति समेत चयन गरेको छ ।
    अधिवेशनवाट होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको विधान अनुसार उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा केशव हड्खोले, लोकनाथ भट्ट ‘कृष्ण’, कमला गुरुङ्ग, थानेश्वर सापकोटा रहनुभएको छ । यसैगरी, महासचिवमा गोपाल श्रेष्ठ, सचिवमा रामबहादुर गुरुङ्ग, कोषाध्यक्षमा जनक पौडेल र सह–कोषाध्यक्षमा ऋषिकेश अर्याल चयन हुनुभएको छ ।
    यस्तै सदस्यहरुमा नवराज मरहठ्ठा, गोमादेवी सापकोटा, लिलाराज थापामगर, विकास गुरुङ्ग, राजकुमार श्रेष्ठ, प्रेमनाथ भुषाल, भवानी खनाल, अशोक शेरचन, रत्न श्रेष्ठ, पदेन सदस्यहरुमा मिनबहादुर श्रेष्ठ, राजेन्द्र बोगटी, कृष्ण महतो, नारायणकुमार मगर, पदम श्रेष्ठ, डोल बहादुर गुरुङ्ग, गोपाल श्रेष्ठ र रामकुमार महतो रहनुभएको छ ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोरोना संक्रमणको कारण पर्यटन क्षेत्र सवैभन्दा प्रभावित भएको वताउँदै पर्यटन प्रवद्र्धनमा राज्यले ध्यान दिनुपर्ने वताउनु भयो । पर्यटन क्षेत्रको विकास नभएसम्म मुलुक आर्थिक रुपमा सम्वृद्ध हुन नसक्ने वताउँदै उहाले पर्यटन विकासको मेरुदण्ड भएको वताउनु भयो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडेल, होटल व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष इमान्दु बराल, केन्द्रिय सदस्य डासिराम ढकाल, संघका निवर्तमान अध्यक्ष कमल शर्मा लगायतले वोल्नु भएको थियो ।
    संघका महासचिव नारायण श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रम होटल व्यवसायी संघ चितवनकी अध्यक्ष अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । होटल व्यवसायी संघ–चितवन अन्तरगतका इकाईको साधारणसभा तथा निर्वाचनको प्रकृया सकेपछि सोमबार नयाँ कार्यसमितिको घोषणा गरिएको हो । जिल्लामा इकाई अन्तरगत निर्वाचन प्रकृया असोज १२ गतेदेखि सुरु भएको थियो । चितवनमा संघ अन्तरगत ५ सय ५० होटल आवद्ध रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt