• चितवन रोटरीद्धारा सहयोग सामाग्री हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ । उक्त आइसोलेसन केन्द्रमा उपचाररत विरामीहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री एवं खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।
    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर एवं कार्यक्रमका प्रमुख अतिथी राजिव पोख्रेलले चिकित्सालयका अध्यक्ष कमल बहादुर मल्ललाई इलेक्ट्रिक गिजर, स्प्रेयर, होलोजेन लाईट, क्यारेम्वोड लगायतका खेल सामाग्री, मास्क, स्यानीटाईजर लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।


    कार्यक्रममा वोल्दै गभर्नर पोख्रेलले उच्च मनोवलले कोरोना जित्न सहयोग गर्ने वताउँदै केन्द्रमा उपचाररत विरामीलाई मनोवल उच्च वनाउन आग्रह गर्नुभयो । कोरोना संक्रमण नियन्त्रणमा रोटरीले पनि सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।
    कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठ, शरदगोपाल न्याच्छौं, दिलिप पिया, प्रेसिडेन्ट नोमिनी ज्ञानेन्द्रमान शाक्य, रोटरी क्लव अफ काठमाण्डौ मेट्रोका पुर्व अध्यक्ष प्रमोद कुँवर, रोट्याक्ट क्लव अफ चितवनका अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभाष रोयलगायतको सहभागिता रहेको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्लवका सचिव रामचन्द्र अधिकारीले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt