• चितवन रोटरीको कोरोना संक्रमण नियन्त्रण अभियान जारी


    भरतपुर/रोटरी क्लव अफ चितवनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस)को संक्रमण नियन्त्रण अभियान चलाएको छ । क्लवले पछिल्लो समय कोरोना संक्रमणसंग जुध्न विभिन्न कार्यक्रम संचालन गरेको छ । कोरोना संक्रमणको संभावित क्षेत्रमा संक्रमण न्यूनिकरण गर्न क्लवले संचालन गरेको अभियान जारी रहेको रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले जानकारी दिनुभयो ।
    सोहि अभियान अन्तरगत विश्व हात धुने दिवसको अवसरमा रोटरी क्लव अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा बिहीबार भरतपुर ३ स्थित श्री चमेली देवी माध्यमिक विद्यालयमा हातधुने तथा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन रोटरी क्लबका अध्यक्ष रोशन पिया र रोट्रयाक्ट क्लब अफ चितवन अध्यक्ष रोशन खरेलको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट्रयाक्ट क्लब अफ चितवनकी उपाध्यक्ष तथा नर्स प्रभा गुरुङले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हात धुने सही तरिका सिकाउँदै कोरना तथा अन्य रोगबाट बच्नका लागि उपयुक्त तरिकाले बारम्बार हात धुनुपर्ने बताउनुभयो ।


    कार्यक्रममा वोल्दै रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पियाले सरसफाईमा ध्यान दिने हो भने विभिन्न प्रकारका रोगको संक्रमणवाट वच्न सकिने वताउँदै सहि तरिकाले साबुनपानीले बारम्बार हात धुनुपर्ने र आफुले सिकेका तरिका अन्य साथी तथा घरपरिवारलाई पनि सिकाउन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । यस वर्ष भरी नै चितवन रोटरी क्लवले विभिन्न स्वास्थ्य शिविर, दन्त सचेतना र स्वास्थ्य सचेतनाका कार्यक्रमहरु आयोजना गर्ने उहाँको भनाई रहेको थियो ।
    कार्यक्रममा विद्यार्थीहरु, शिक्षक शिक्षिका र कर्मचारीहरुलाई रोटरी नेपाल साक्षरता अभियान अंकित पुनः प्रयोग गर्न मिल्ने मास्क र साबुन पनि वितरण गरिएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ चितवनका प्रेसिडेन्ट नोमिनी अच्युत न्यौपाने, उपाध्यक्ष प्रभाष रोय, क्लब सर्भिस डिरेक्टर सोनिस श्रेष्ठ, सदस्य सायल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt