• चितवन रोटरीद्धारा शैक्षिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर १७, गोब्रेनी स्थित श्री आधारभूत विद्यालयमा शैक्षिक सामाग्री, मास्क, स्वास्थ्य सामग्री, स्यानिटाईजर वितरण तथा हातधुने कार्यक्रम सम्पन्न भएको छ । चितवन रोटरी क्लबका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम रोट्रयाक्ट क्लव अफ चितवनका अध्यक्ष रोशन खरेलले सञ्चालन गर्नु भएको थियो भने चितवन रोटरी क्लबका मनोनित अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा वोल्दै चितवन रोटरी क्लबका अध्यक्ष रोशन पियाले कोरोना महामारीकै बीचमा विशेष सतर्कता सहित विद्यालय सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै कोरोना विरुद्धको लडाइँमा चितवन रोटरी क्लब निरन्तर लागिरहेको जानकारी दिनुहुँदै २०३० सम्ममा साक्षर नेपाल बनाउने रोटरीको अभियान रहेको बताउनु भयो । कार्यक्रम संयोजक तथा चितवन रोटरी क्लबका सदस्य राजन पियाले विभिन्न रोगहरूबाट बच्न साबुनपानीले बारम्बार हात धुनुपर्ने र आफुले सिकेका तरिका अन्य साथी तथा घरपरिवारलाई पनि सिकाउन विद्यार्थीहरुलाई अनुरोध गर्दै कार्यक्रम सहयोगी शशांक ट्रेड इन्टरनेशन प्रति आभार प्रकट गर्नु भयो ।
    कार्यक्रममा बोल्दै क्लबका निवार्चित अध्यक्ष प्रा. डा. होमबहादुर बस्नेतले वर्ष भरी नै चितवन रोटरी क्लवले विभिन्न शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, दन्त सचेतना र स्वास्थ्य सचेतनाका कार्यक्रमहरु आयोजना गर्ने भनाई राख्नुभएको थियो । रोट्रयाक्ट क्लब अफ चितवनकी उपाध्यक्ष तथा नर्स प्रभा गुरुङले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हात धुने सही तरिका सिकाउँदै कोरना तथा अन्य रोगबाट बच्नका लागि उपयुक्त तरिकाले बारम्बार हात धुनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा कक्षा एक देखि पाँच सम्मका १०० भन्दा बढी विद्यार्थीहरु, शिक्षक शिक्षिका र कर्मचारीहरुलाई रोटरी नेपाल साक्षरता अभियान अंकित पुनः प्रयोग गर्न मिल्ने माक्स, कापी, कलम, पेन्सिल, दात माझ्ने ब्रस, मञ्जन तथा स्यानिटाईजर वितरण गरिएको थियो । कार्यक्रममा चितवन रोटरी क्लबका निर्देशक ई. पुरण सुवेदी, सदस्य ई. उदय कृष्ण श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ चितवनका निर्देशक सन्तोष भट्टराई, सदस्य सायल पाण्डे, रेशल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । विद्यालय र क्लबबीचको समन्वय रोटरी कम्युनिटी क्रप (आर सी सी) फोकल पर्सन लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt