• जापानिज भाषाको पुस्तक ‘वाकारि यासुइ निहोनगो’ वजारमा, जापान जाने विद्यार्थीलाई कोषेढुंगा सावित हुने विश्वास


    भरतपुर/चितवनको स्थापित भाषा प्रशिक्षकको रुपमा परिचित दिपक चन्द्र भट्टराईले जापानिज भाषा पढ्न चाहनेहरुको लागि अतिनै उपयोगि पुस्तक नेपाली वजारमा ल्याउनु भएको छ । अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उक्त पुस्तक मार्गदर्शकको रुपमा लिइएको छ । शहिदचोक नारायणगढ स्थित निप्पोन एजुकेशनल सेन्टरका प्रमुखसमेत रहनु भएका दिपक चन्द्र भट्टराईले कोरोना संक्रमण र लकडाउनको वावजुद विद्यार्थी एवं अभिभावकहरुको मागलाई मध्यनजर गर्दै पुस्तक प्रकाशन गरेको जानकारी दिनु भयो ।
    लेखक भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक भएसंगै जापान जान चाहाने र भाषा अध्यनको क्रममा रहेका विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । जापानिज भाषा सिक्न चाहने सबैखालका विद्यार्थीहरुको लागि उक्त पुस्तक उपयोगी हुने लेखक भट्टराईले जानकारी दिनुभयो । अलि पहिले नै पुस्तक सार्वजनिक गर्ने योजना भए पनि कोरोना संक्रमणको कारण ढिलाई हुन पुगेको वताउँदै उहाले घरमै बसेर पनि उक्त पुस्तक अध्ययन गरेर भाषा तयारी गर्न सकिने वताउनु भयो ।

    जापानिज भाषा अध्यायन गर्ने विद्यार्थी र पढाउने शैक्षिक परामर्शदाता सस्थाहरुलाई समेत यो पुस्तक उपयोगी रहेको वताउँदै उहाले सार्वजनिक भएसंगै पुस्तकको माग वढेको वताउनु भयो । पुस्तक आवश्यकता र अवस्था हेरि नेपालभर पुर्याउने योजना रहेको भट्टराईले वताउनु भयो । जापानिज भाषामा डिप्लोमा गर्नुभएका भट्टराईले झण्डै ६ वर्ष जापानमा बसेर अध्ययन गर्नुभएको थियो ।
    लेखक भट्टराईले बजारमा हालसम्म उपलब्ध भाषा सम्बन्धी पुस्तकहरुमा देखिएको अभावलाई परिपुर्ती गर्ने गरी आफ्नो १५ वर्षको जापानिज भाषा अध्ययन तथा अध्यापन अनुभवले पुस्तक तयार गरि प्रकाशन गर्न सफल भएको वताउनु भयो । पहिलो सस्करणको रुपमा सार्वजनिक भएको उक्त पुस्तकको दोस्रो संस्करण समेत छिट्टै बजारमा ल्याउने उहाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt