चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लि.को साधारणसभा सम्पन्न


भरतपुर/चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लि.को सातौं साधारणसभा विहीबार भरतपुरमा सम्पन्न भएको छ । संघमा आवद्ध विभिन्न बहुउदेश्यीय सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो ।
चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लिका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका उपाध्यक्ष जयलाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा हंस वहुउदेश्यीय सहकारी सस्था नारायणगढकी सचिव शारदा शर्मा पौडेल, माडी वहुउदेश्यीय सहकारी सस्था लिका अध्यक्ष विष्णु आचार्यलगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार