• होटल व्यवसायी संघ चितवनको स्थापना दिवस सम्पन्न


    भरतपुर/चितवन जिल्लामा संचालित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईएको छ । रजत महोत्सवको पुर्वसन्ध्यामा शनिबार एक समारोहका विच संघको कार्यालय भरतपुर २ आँपटारीमा स्थापना दिवस मनाईएको हो । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा केक काटेर संघको स्थापना दिवस मनाईएको थियो ।


    कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले व्यवसायीक विकासको लागि एकता आवश्यक भएको वताउँदै एक अर्काको समस्यामा सम्पुर्ण व्यवसायी एकजुट हुनपर्नेमा जोड दिनु भयो । होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको वताउँदै स्थानीय प्रशासनले होटल व्यवसाय माथि हेर्ने नजर परिवर्तन हुनुपर्ने वनाउनु भयो । कोरोना भाईरस (कोभिड १९)को कारण सवैभन्दा वढि होटल व्यवसाय प्रभावित भएको वताउँदै उहाले होटल व्यवसायलाई प्रोत्साहन गर्ने तर्फ राज्यले ध्यान दिनुपर्ने वताउनु भयो ।
    कार्यक्रममा होटल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष इमान्दु वराल, डासिराम ढकाल, कमल शर्मा गौतम, इकाई अध्यक्षहरुको तर्फवाट नारायणगढ बजार ईकाईका अध्यक्ष एवं संघका सचिवालय सदस्य कृष्ण महतोलगायतले वोल्नु भएको थियो । संघका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने महासचिव गोपाल श्रेष्ठले कार्यक्रम संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt