• खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सुरु


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबारवाट दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सुरु भएको छ । होटल व्यवसायी संघ चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगतको शिवघाट इकाईसंगको सहकार्यमा आयोजना गरिएको तालिममा शिवघाट क्षेत्रका २० जना होटल संचालकहरुको सहभागिता रहेको छ ।
    खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । तालिम लिनु ठुलो कुरा नभएको वताउँदै तालिमले संवन्धित क्षेत्रमा पार्ने प्रभाव महत्वपुर्ण हुने वताउनु भयो ।


    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोले, संघका सचिवालय सदस्य एवं शिवघाट इकाईका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतो, शिवघाट इकाई अध्यक्ष डोल वहादुर गुरुङलगायतले वोल्नु भएको थियो ।
    उद्घाटन कार्यक्रममा वोल्दै कार्यालय प्रमुख अधिकारीले खाद्य पदार्थको प्रशोधन, तयारी तथा प्रयोगवाट उपभोक्ताको स्वास्थ्यमा असर नपर्ने प्रत्याभूतीलाई खाद्य स्वच्छता भनिने जानकारी दिनु भयो । आलिदेखि थालिसम्म र गोठ देखि ओठसम्मका सम्पुर्ण खाद्य पदार्थ स्वच्छ भएमात्र मानव स्वास्थ्य राम्रो हुने वताउँदै उहाले स्वच्छ खाद्यवस्तुको प्रयोगले होटल व्यवसायसंगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वताउनु भयो ।
    तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख अधिकारीले खाद्य स्वच्छता, खाद्य ऐन तथा नियमावली र होटल तथा रेष्टुरेन्ट नियमन निर्देशिकाको वारेमा प्रशिक्षण दिनु भएको थियो भने कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लेले होटल तथा रेष्टुरेन्ट संचालकहरुले पालना गर्नुपर्ने नियमहरुको वारेमा प्रशिक्षण दिनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt