• खाद्य स्वच्छता तालिम सकियो, पर्यटन विकासमा सहयोग पुग्ने विश्वास


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सम्पन्न दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम मंगलबार सकिएको छ । तालिमको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले खाद्य स्वच्छता विना पर्यटन प्रवद्र्धन असम्भव रहेको वताएका छन् । पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायमा खाद्य स्वच्छता नभएसम्म पर्यटन प्रवद्र्धनको कल्पना गर्न नसकिने वक्ताहरुको भनाई थियो ।
    खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिमले शिवघाट क्षेत्रका होटलमा स्वच्छ खाद्यवस्तु उत्पादन गर्न सहयोग गर्ने वताउनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उहाले यस्तो खालको तालिम अन्य क्षेत्रका होटल व्यवसायीहरुलाई पनि जरुरी रहेको वताउनु भयो ।


    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोले, सचिव रामबहादुर गुरुङ, संघका सचिवालय सदस्य एवं शिवघाट इकाईका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतो, शिवघाट इकाई अध्यक्ष डोल वहादुर गुरुङ, प्रशिक्षार्थीको तर्फबाट गनबहादुर श्रेष्ठ, लक्ष्मि पोखरेललगायतले वोल्नु भएको थियो ।
    तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख अधिकारीले खाद्य स्वच्छता, खाद्य ऐन तथा नियमावली र होटल तथा रेष्टुरेन्ट नियमन निर्देशिकाको वारेमा प्रशिक्षण दिनु भएको थियो भने कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लेले होटल तथा रेष्टुरेन्ट संचालकहरुले पालना गर्नुपर्ने नियमहरुको वारेमा प्रशिक्षण दिनु भएको थियो । होटल व्यवसायी संघ चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगतको शिवघाट इकाईसंगको सहकार्यमा आयोजना गरिएको तालिममा शिवघाट क्षेत्रका २० जना होटल संचालकहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt