• चिसापद्धारा साहित्यिक पुरस्कार वितरण


    भरतपुर/चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीबार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा परिषद्ले वितरण गर्ने गरि स्थापना गरिएको चिसाप खेमलाल लामिछाने पुरस्कार २०७६ चितवनका चर्चित निबन्धकार रामबाबु घिमिरेलाई नगद रु ५० हजार ४५ सहित समर्पण गरिएको छ ।
    यसैगरि परिषद्का पूर्व अध्यक्ष साहित्यकार राजकृष्ण कडेलको स्मृतिमा स्थापना गरिएको चिसाप राजकृष्ण कडेल साहित्य पुरस्कार २०७६ बीरगञ्जका उपन्यासकार गणेश प्रसाद लाठ र चितवनका कथाकार वसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । लाठको औपन्यासिक कृति अघटित र पराजुलीको कुमाता कथासङ्ग्रलाई पुरस्कृत गरिएको हो । सोही समारोहमा टीकापुर कैलालीका उपन्यासकार ललित विष्टको उपन्यास मोहपथलाई चिसाप लीला नर्मदा साहित्य पुरस्कार प्रदान गरिएको थियोे भने यस वर्षको चिसाप प्रतिभा पुरस्कार हाइकुकार प्रकाश पौडेल माइलालाई प्रदान गरिएको छ ।
    उल्लेखित सबै पुरस्कारहरूको राशि रु १५ हजार पैंतालीस र सम्मान पत्र रहेको छ । पुरस्कार वितरण समारोहमा राजकृष्ण कंडेलकी सहधर्मिणी माया कडेलले चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कारको अक्षय कोषको लागि थप २ लाख ५० हजार प्रदान गर्नु भएको थियोे । साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार जगन्नाथ पण्डितले नेपाली साहित्यको क्षेत्रमा महाकवि देवकोटाको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रम परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको थियोे । परिषद्की कार्य समिति सदस्य सरला जोशीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको समापन सामुहिक द्यौसी भैलो खेलेर तथा सांस्कृतिक खाजा सेल रोटी खाएर गरिएको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt