• रंगशाला धान्याचल महोत्सव स्मारिका विमोचन


    भरतपुर/गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धान्याचल महोत्सव स्मारिका २०७७ विहीबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा विभिन्न अतिथीहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् । कार्यक्रममा वोल्दै राष्ट्रिय सभा अन्र्तगत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले हरेक व्यक्तिव्यक्तिको सहयोगमा सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण भएको बताएकी छन् । सभापति रावलले अहिलेको प्रतिकुल अवस्थामा पनि रंगशाला निर्माण भइरहनु खुसीको कुरा भएको बताइन् । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि रंगशाला निर्माणमा तीनै तहको सरकारको साथ र सहयोग रहने उनले आश्वासन दिइन् ।
    कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले रंगशाला धान्याचल महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद दिए । धनधान्याचल सञ्चालनमा मात्र नभएर यस भन्दा बाहिर रहेर पनि रंगशाला निर्माणको कामलाई निरन्तर सहयोग रहने सांसद सुवेदीले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफूहरुले रंगशाला निर्माणमा जवाफदेहिता, इमान्दारिता र पारदर्शीताको साथ काम गरिरहेको बताइन् । सबैको सहयोग र समर्थनले भरतपुर महानगरपालिकालाई थप हौसला मिलेको नगर प्रमुख दाहालले बताइन् ।
    कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले रंगशालाले कठिन परिस्थितिहरु पार गर्दै अगाडि बढिरहेको बताए । कोरोना भाइरसको महामारीमा पनि काम नरोकी निरन्तर काम गरिरहेको बताउँदै संरचनाको विषयमा कुनै द्विविधा नलिइ ढुक्क भइदिन अनुरोध गरे । धनधान्याचल मूल आयोजक समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीको अध्यक्षतामा भएको स्मारिका विमोचन कार्यक्रममा स्मारिका प्रकाशन समितिका संयोजक रमाकान्त सापकोटाले सबै विकासको लागि खेल मुख्य आधार भएकोले चितवनमा अन्तर्राष्ट्रिस्तरको रंगशाला निर्माण हुनुले बहुआयामाकि विकासमा सहयोग गर्ने बताउनुभयो । स्मारिकाका प्रधान सम्पादक केदारनाथ खनालले कार्यक्रममा कोरोना महामारीको अवस्थामा पनि निकै मेहनतका साथ प्रकाशनको कामलाई निरन्तरता दिइएको बतए ।
    त्यसैगरी स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी चितवनका अध्यक्ष यमबहादुर परियारले ऐतिहासिक भूमि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु गौरवको विषय भएको बताए । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले रंगशाला निर्माणमा प्रत्येक जनताको रगत, पसिना र पैसा परेकोले निर्माण पक्षले सजग भएर काम गर्नुपर्ने विचार राखे ।
    धनधान्याचल महोत्सव मूल अयोजक समितिका महासचिव दिनेश चुकेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै महोत्सवमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा धनधान्याचल मूल आयोजक समिति र उपसमितिका संयोजकहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । २१२ पृष्ठमा प्रकाशित धनधान्याचल महोत्सव स्मारिका महोत्सवमा हरेक दिन भएका गतिविधिहरु, रंगशाला निर्माणसँग सम्बन्धित विभिन्न लेख तथा रचना, फोटो, शुभकामना सन्देश, अन्तर्वार्ता र चन्दादाताहरुको नामावलीलाई समावेश गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt