• पत्रकार पराजुलीद्धारा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग


    भरतपुर/वरिष्ठ पत्रकार तथा लेखक वसन्त पराजुलीले शुक्रबार एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्नु भएको छ । कुमाता कथासंग्रहका लेखक तथा पत्रकार पराजुलीले नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ पाँच हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो ।
    संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुली र साहित्यक सर्जक नानी बिवुलाई सो रकम हस्तान्तरण गरिएको हो । गैंडाकोट निवासी स्रष्टा बिवुको अनुक्रोश उपन्यास प्रकाशित छ । पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको उपस्थिति थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt