• हिमशिखा सहकारीको साधारणसभा सम्पन्न


    भरतपुर/भरतपुर १० स्थित हिमशिखा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण सवै शेयरसदस्यहरुलाई एकै दिन सहभागी गराउन नसकिएको कारण तीन दिन लगाएर सहकारीको साधारणसभा सम्पन्न गरिएको हो । यहि कार्तिक २५ गते बाट शुरू भएको साधारणसभा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।
    साधारणसभामा कोषाध्यक्ष देविप्रसाद पौडेलले आर्थिक र सचिव गंगा तिमिल्सिनाले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष तुलसि गुरुङले संचालन गर्नु भएको थियो भने पुर्व अध्यक्ष सम्भु त्रिपाठी लगायतको सहभागिता रहेको थियो । सहकारीमा ४१२ जना शेयर सदस्य रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt