• लायन्स र लियो क्लव अफ युथको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न


    भरतपुर/लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । मंगलबार सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो । लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जाँचका क्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए ।
    मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल रिफर गरिएको छ । उच्चरक्तचापका बिरामीमध्ये २ जनालाई औषधी दिइएको र बाँकी ४ जनाले पहिल्यैदेखि औषधी खाइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । स्वास्थ्य इकाईका प्रमुख सुरज गुरुङ र लियो क्लवकी कोषाध्यक्ष अन्जना जोशीले उच्च रक्तचापको जाँच गरेका थिए भने मधुमेहको जाँच अध्यक्ष ज्ञवाली र लियोकी सचिव मधुलाता यादवले गरेका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt