• लोककल्याणकारीको साधारणसभा शुरु


    भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १३ औं वार्षिक साधारणसभा तथा २५ औं स्थापना दिवस सुरु भएको छ । लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष नारायणप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न साधारणसभा उद्घाटन समारोहमा नेफ्स्कूनका केन्द्रिय उपाध्यक्ष शान्ती अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहकारीले निम्न आय भएका मानिसहरुलाई बचत गर्ने बानीको विकास गरेको वताउँदै उहाँले सहकारी मार्फत लाखौ युवाहरु स्वरोजगार बनेको वताउनु भयो । आर्थिक रुपमा वलियो र सवल सहकारी वन्नको लागि सहकारीहरु मर्जर प्रक्रियामा जानुपर्ने उहाँको भनाई थियो ।


    सहकारीका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रम सस्थाका सचिब नारायणप्रसाद कँडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा सहकारीका सचिव नारायणप्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्दप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रममा विशेष अतिथी एवं भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, सहकारीका पुर्वअध्यक्षहरु गोकर्णनिवास त्रिपाठी, शालिकराम खरेल, यमुना आचार्यलगायतले बोल्नु भएको थियो । विश्वव्यापी फैलिएको कोरोना संक्रमणको कारण एकैदिन सवैजना शेयर सदस्यहरु भेला भई साधारणसभा कार्यक्रम सम्पन्न गर्न नसक्ने अवस्था नभएको हुँदा साधारणसभाको कार्यक्रलाई ६ दिनसम्म संचालन गरिने सहकारीले जनाएको छ ।
    पहिलो दिन मंसिर ११ गते शेयर सदस्य नं १ देखि १०० सम्म, १२ गते शेयर सदस्य नं. १०१ देखि ४३२ सम्म, १३ गते शेयर सदस्य नं. ४३३ देखि ७६४ सम्म, १४ गते शेयर सदस्य नं. ७६५ देखि १०९५, १५ गते शेयर सदस्य नं. १०९६ देखि १४२५ सम्म, १६ गते शेयर सदस्य नं. १४२६ देखि माथिका शेयर सदस्यहरुलाई सहभागि गराएर साधारणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का ऋण समितिका संयोजक वसन्त न्यौपानेले जानकरी दिनुभयो । साधारणसभाको अवसरमा मंसिर ११ देखि १६ गतेसम्म प्रप्त सुझाव र सल्लाहलाई साधारणसभाको अन्तिम दिन छलफल गरि गुनासो सम्वोधन गरिने न्यौपानेले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt